Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक सुरु, यस्ता छन् छलफलका पाँच एजेन्डा


    मंगलबार, मंसिर ७ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो ।

    एमालेले १०औं महाधिवेशनको पूर्वसन्ध्यामा महाधिवेशनसम्बन्धी विभिन्न निर्णय लिनुपर्ने भएको स्थायी कमिटी बैठक बोलाएको हो । सोमबार नै बैठक बोलाइए पनि मंगलबारका लागि सारिएको हो ।

    एमाले सचिव योगेश भट्टराईले बैठकमा पाँचवटा एजेन्डा रहेको बताएका छन् । उनका अनुसार आजको स्थायी कमिटी बैठकमा महाधिवेशन व्यवस्थापन, उदघाटन र बन्दसत्रका कार्यक्रम, प्रतिनिधि छनोटको अवस्था, महाधिवेशन प्रतिनिधि छनोट (५ प्रतिशत) र निर्वाचन आयोगका बारेमा छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार