Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने एमाले नेता सुवास नेम्वाङको घोषणा


    मंगलबार, मंसिर ७ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । चितवनमा हुने नेकपा एमाले को दशौं महाधिवेशनमा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

    नेम्बाङले भने, ‘मेरो सर्वसम्मत गरौ भन्ने जोड हो । तर सर्वसम्मत भएन भने साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिनै पर्यो ।’ 

    एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ ।

    गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो । उक्त पद हालका महासचिव ईश्वर पोखरेललाई व्यवस्थापन गर्न लक्षित गरेर सिर्जना गरिएको एमाले नेताहरुले बताउदै आएका छन् । तर अव यो पदमा पोखरेलसहित रामबहादुर थापा बादल र नेम्वाङ समेत आकांक्षी भएपछि चुनावको विकल्प नहुने अवस्था देखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार