चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको केन्द्रिय महाधिवेशन प्रतिनिधिको चुनावमा जिल्ला सभापतिका प्रत्यासी जगन्नाथ पौडेल पराजित भएका छन् ।
चितवन निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवारी दिएका जिल्ला सभापतिका प्रत्यासी पौडेल पराजित भएका हुन् । सभापतिको लागि प्रचारप्रसार गर्दै आएका पौडेलको जिल्ला सभापति बन्ने चाहना टुंगिएको छ ।
महाधिवेशन प्रतिनिधि बन्न एक क्षेत्रबाट खुल्लामा १० जना उम्मेदवार मात्रै निर्वाचित हुन सक्ने व्यवस्था छ । पौडेल त्यो १० उम्मेदवारभित्र पर्न नसकेको क्षेत्र नं २ का कांग्रेस महाधिवेशन निर्वाचन अधिकृत श्रीराम सापकोटाले बताए ।
जिल्ला सभापतिमा पौडेलसहित आठ जनाले आकांक्षा देखाएका थिए । आकांक्षीहरुको सूचीबाट पौडेलको नाम हटेसँगै अब सात जना मात्र भएका छन् । पौडेल वरिष्ठ अभिवक्ता एवं पूर्व सांसद समेत हुन् ।
कांग्रेसले महाधिवेशनको घोषणा गरेसँगै जिल्ला सभापतिको लागि उनले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्षसमेत बनिसकेका पौडेल बालकुमारी कलेज नारायणगढका स्थापनाकर्ताहरू मध्येका एक हुन् । हाल उनी सोही क्याम्पसको सञ्चालक समितिका अध्यक्ष हुन् ।
२०४९–२०५३ मा तत्कालीन भरतपुर नगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि जनप्रतिनिधिका रूपमा पनि काम गरेका पौडेलले राष्ट्रिय सभा सदस्य भएर पनि काम गरिसकेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend