Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस दाङ: क्षेत्रीय नेतृत्वका सात जनाको उम्मेदवारी, आज मतदान  


    मंगलबार, मंसिर ७ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ । नेपाली कांग्रेस १४ औँ महाधिवेशन अन्तर्गत दाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नेतृत्वका लागि आज मंगलबार मतदान हुने भएकाे छ ।

    काग्रेस जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार क्षेत्रीय नेतृत्वको लागि सोमबार सात जनाकाे उम्मेदवारी दर्ता भएकाेछ । प्रतिनिधिसभा क्षेत्रमा सभापतिसहित सचिव, सहसचिव, सदस्य, महाधिवेशन प्रतिनिधि पदका लागि निर्वाचन हुन लागेको हो ।  

    प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उपसभापति पदमा प्रदेशसभाका सभापति पदेन रहने व्यवस्था छ । उपसभापतिबाहेक अन्य पदमा निर्वाचन हुने निर्वाचन अधिकृत युवराज बस्नेतले जानकारी दिए ।

    १ काे क्षेत्रीय सभापतिमा भेषराज पाण्डे र सर्वजित डिसी चुनावी मैदानमा छन् । पाण्डेको प्यानलबाट सचिवमा हरिहर शर्मा र खेम चौधरी, सहसचिवमा प्रकाश जिसी र गोविन्द वलीले उम्मेदवारी दिएका छन् ।  पाण्डे वर्तमान सभापति हुन् भने डिसी नयाँ अनुहार हुन् ।

    डिसीको प्यानलबाट सचिवमा त्रियोगी यादव, कृष्ण चौधरी, सहसचिवमा राजेन्द्र खड्का र मिनराज अधिकारी छन् ।

    २ काे क्षेत्रीय सभापतिमा भीमप्रकाश खड्का र निर्मल डाँगीले उम्मेदवारी दर्ता गराएका छन । खड्काको प्यानलबाट सचिवमा हिमबहादुर डाँगी र कमल गौतम छन् भने सहसचिवमा रमेशकुमार पाण्डेय र रञ्जीतकुमार श्रेष्ठ रहेका छन् ।

    डाँगीको प्यानलबाट सचिवमा आरके शितल र सन्तोष योगी, सहसचिवमा शिव घिमिरे र प्रमोद पोखरेल चुनावी मैदान छन् । डाँगी घोराही–१० वडा अध्यक्ष समेत हुन् । 

    ३ काे सभापतिमा वर्तमान सभापति जगतबहादुर खड्का, पूर्वजिल्ला सहसचिव सुरेन्द्र खडका र पूर्वनगर सभापति किरणबहादुर शाह चुनावी मैदानमा छन् ।

    जगतको प्यानलबाट सचिवमा शोभकर सापकोटा र पूर्णबहादुर केसीले उम्मेदवारी दिएका छन् । सहसचिवमा  भीमकान्त भट्टराई र डेफुलाल चौधरीले उममेदवारी दर्ता गराएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार