Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घाेषणा, प्रस्तुत गरे ११ आधार


    मंगलबार, मंसिर ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • भक्तपुर । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता बस्नेत एमालेको १०औँ महाधिवेशनमा सचिवमा चुनाव लड्ने भएका हुन् । 

    मध्यपुर थिमिको सम्पर्क कार्यलयमा नेता बस्नेतले आफ्नाे धारणा प्रस्तुत गरी उम्मेदवारी घाेषणा गरेका हुन् । उनले एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्ति परिचालन गर्न उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । 

    नेता बस्नेतले सचिवमा आफ्ना ११ वटा आधार प्रस्तुत समेत गरेका छन् ।

    १, जनयुद्धका नाममा माओवादीले एमालेका तीन सय कार्यकर्ताको हत्या गरेको र पछि वाइसिएलका नाममा आतंक मच्चाएको बेला युथ फोर्स बनाएर देशैभरी युवा परिचालन गरेर कार्यकर्ताको संरक्षण गरेको ।

     २, माधव नेपालको असक्षम नेतृत्वले एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरी युवा अभियान चलाएर एमाले कार्यकर्ताको मनोवल उकास्ने काम गरेको ।

    ३, माधव नेपाल र झलनाथ खनालको नेतृत्वले पार्टीलाई विघटनको दिशातिर लगेको बेला केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर एमालेलाई पहिलो पार्टी बनाउनु पर्छ भन्ने अभियानको नेतृत्व गरेको ।

    ४, पार्टी भित्र र बाहिर केपी ओलीलाई संस्थागत गुट बनाएर असफल बनाउन खोज्दा रक्षा कवचको रुपमा काम गरेको । सो गरे बापत अनेक झुट आरोप व्यहोरेर अपमानित हुनु परेको ।

    ५, संविधान निर्माणको चरणमा सुशील कोइराला प्रधानमन्त्री हुँदा १३ महिना उद्योग मन्त्तालय सम्हालेर जीर्ण उद्योग क्षेत्रमा नयाँ उत्साह ल्याएको ।

    ६, एमालेको संगठन कमजोर भएको भक्तपुर जिल्लामा २०७४ को संघीय निर्वाचनमा काँग्रेसलाई ३६ हजार मत ल्याएर दोब्बर मतले पराजित गरेको । पटकपटक मन्त्री बनाउने तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीको इच्छा कतिपय साथीहरुले पूरा गर्न नदिए पनि सदनभित्र सरकारको पक्षमा सशक्त भूमिका निर्वाह गरेको ।

    ७, भक्तपुरलाई विकास निर्माणको नमुना जिल्लाको रुपमा प्रस्तुत  गरेको ।

    ८, राजनीतिको सम्भावित परिदृष्यलाई बुझेर नेकपा कालमा ‘नेकपा एमाले’ नामको दल दर्ता गरेर एमाले ब्राण्ड बचाएको ।

    ९, पुस ५ पछाडि सत्ता र शक्तिभित्र रहेका नेताहरु मौन बसेका बेला देशैभर युवा परिचलान गरेर अध्यक्ष केपी शर्मा ओलीको कदम सही भएको माहोल सृजना गरेको ।

     १०, पार्टी हितका लागि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन जस्तोसुकै जोखिम मोलेर पनि पूरा गरेको ।

    ११, मधेशमा पार्टी अध्यक्ष क केपी शर्मा ओली र एमालेलाई निशेध गर्ने दुसप्रचार गरिरहँदा मधेशका युवा समेटेर एमाले र केपी कमरेडको पक्षमा माहोल शृजना गर्न लागेको । हाम्रो पार्टीको सरकार मजबुत बनाउन मधेसवादी दलसँगको संबाद र सहकार्यमा प्रभाबकारी भूमिका खेलेको । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार