तनहुँ । नेपाली कांग्रेस तनहुँको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अगावै केही पदमा भने निर्विरोध नेतृत्व चयन भइसकेकाे छ । आइतबार उम्मेदवारी दर्ताको बेलामै केही पदाधिकारी निर्वारोध चयन भएका छन् । आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरू निर्वारोध निर्वाचित भएका हुन् ।
क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको महिला सदस्य खस आर्यमा कल्पना भकुण्डी, दलित सदस्यमा लक्ष्मी परियार, मुस्लिम, अल्पसंख्यक, अपांग सदस्यमा प्रकाश राउत सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश सभा (क) महिला सदस्यमा मधु दमाई, अन्य सदस्यमा पविन्द्र भट्टराई, जमिर हुसेन, प्रदेश सभा (ख) महिला सदस्यमा इन्द्रमाया थापा मगर, अन्य सदस्यमा गोविन्द गिरी र रामभक्त भट्टराई सर्वसम्मत भएका हुन् ।
महाधिवेशन प्रतिनिधिमा खस आर्य महिलामा पवित्रादेवी पौडेल सर्वसम्मत भएकी छन् । उनी जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पनि हुन् । यीबाहेक अरु पदमा मतदान जारी छ । क्षेत्र नम्बर १ मा ९५४ जना मतदाता छन् ।
क्षेत्र नम्बर २ मा सदस्यमा प्रत्यक्ष महिलातर्फ कुमारी राना, मुस्लिम, अल्पसंख्यक तथा अपांगतर्फ सौरभ कोइराला सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै, प्रदेश सभा (ख) महिला सदस्यमा याममाया थापा, अन्य सदस्यमा रामबहादुर राना र बुद्धीमान राना निर्विरोध भएका छन् । यो क्षेत्रमा ८६१ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend