पाँचथर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत साेमबार पाँचथरमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान हुँदै छ ।
निर्वाचन समितिका अनुसार कांग्रेस पाँचथरका पूर्व सचिव सुरेन्द्रकुमार दाहाल र वर्तमान सचिव रुपनारायण जबेगूले प्यानल निर्माण गरी जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका छन् । दुई समूहका अतिरिक्त अन्य केही कांग्रेस नेता कार्यकर्ताले समेत विभिन्न पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।
दाहाल समूहले आफ्नो प्यानलबाट उपसभापतिको उम्मेद्वारमा हालका जिल्ला कार्यसमितिका अर्का सचिव बृजहाङ आङदेम्बे र डेकेन्द्र चेम्जोङ मैदानमा उतारेको छ । सचिवमा धनराज तुम्बापो र डेकेन्द्रकुमार तामाङ तथा सहसचिवमा सन्तोष श्रेष्ठ र कृष्ण फियाक चुनावी मैदानमा छन् ।
जबेगू समूहले उपसभापतिमा मणिचन्द्र चेम्जोङ र समरबहादुर अधिकारीलाई उम्मेद्वार बनाएको छ । सचिवमा दिपक नेपाल र सुबराज थापा तथा सहसचिवमा गजेन्द्र राई र धनसिंह नेम्वाङ चुनावी मैदानमा छन् ।
कांग्रेस पाँचथरका वर्तमान सभापति नरेन्द्रकुमार केरुङ, उपसभापति मित्रप्रसाद काफ्लेसहित पुराना र युवा पुस्ताका नेताहरू दुवै समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बनेका छन् । एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाँचथरमा आइतबार सम्पन्न प्रदेशसभा क्षेत्रीय अधिवेशनमा दुवै समूहले एकएक क्षेत्रीय कार्यसमितिमा वर्चस्व राखेपछि चुनावी प्रतिस्पर्धा रोमाञ्चक देखिएको छ ।
रोचक पक्ष चाहिँ केन्द्रमा रहेको कांग्रेस गुटबन्दीको प्रभाव पाँचथरमा देखिँदैन । विशेषत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पक्ष लिएर जिल्ला कार्यसमितिमा प्रतिस्पर्धा हुन नै सकेको छैन् । सभापतिका दुवै उम्मेद्वारले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल वा देउवाइतरका नेतालाई आफूले समर्थन रहेको बताउने गरेका छन् । अन्य पदाधिकारीका उम्मेद्वार भने विगतमा देउवा तथा नेता कृष्णप्रसाद सिटौलाको समर्थनमा खुल्ने गरेका व्यक्तिहरू समेत छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend