Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड भन्छन्- मलाई अन्तर्राष्ट्रिय पुरस्कार चाहिंदैन, देश समाजवादतिर लाग्नु ठूलो कुरा हो


    सोमबार, मंसिर ६ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडे पनि आफूलाई पुरस्कार नचाहिने बताएका छन् ।

    चितवनमा आज आयोजित एक कार्यक्रममा बाेल्दै प्रचण्डले अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन हिंड्नेहरूलाई धन्यवाद दिंदै आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार नचाहिएको बताएका हुन् ।

    १० वर्षे सशस्त्र जनयुद्ध त्यागेर तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । 

    माओवादी अध्यक्ष प्रचण्डले आफूलाई पुरस्कार नचाहिने बताउँदै भने, ‘शान्तिप्रक्रिया सम्पूर्ण रुपले टुंगिनुपर्यो । यो देश समाजवादतिर लाग्नुपर्‍यो । त्यो ठूलो कुरा हो, पुरस्कार ठूलो कुरा होइन भनेको छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार