चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ बताएका प्रचण्डले भने, ‘हामी (माओवादी) कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् । माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्ध उल्ट्याउन षडयन्त्र भएपछि हामीले सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरायौँ ।’
यस्तै, अध्यक्ष प्रचण्डले एमाले प्रतिक्रान्तिकारी भएको प्रचण्डले बताए ।
चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले जनताको बलमा नै प्रतिनिधिसभा पुनस्थार्पना भएको दाबी गरे । त्यसका लागि पाँच दलीय गठबन्धन सडकमा उत्रिएको उनले बताए ।
‘बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पर्याउने काम जनताले गरेका छन्,’ उनले भने, ‘जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ । हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु भन्न सक्नुपर्छ ।’ अहिले राष्ट्रपति र प्रधानमन्त्री जाेसुकै भए पनि देश माओवादीकाे वरपरै नै रहेकाे उनकाे दाबी छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend