Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु


    आइतबार, मंसिर ५ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी ।  बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सेरातर्फ जाँदै गरेको से१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका-४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।  

    आइतबार राती साढे आठ बजेतिर भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका पत्रकार आशिष मालले बताए । 

    घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । जिपमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार