ताप्लेजुङ । ताप्लेजुङमा ६१ वडा मध्ये नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ५० वडामा नयाँ नेतृत्व चयन गरेको छ । सनिबार ४४ र आइतबार ६ वडा गरी ५० वडामा नेतृत्व छनौट गरिएको हो ।
नौ स्थानीय तह रहेको जिल्लामा माओवादीले ६१ वडा मध्ये ५० वडामा नयाँ नेतृत्व चयन गरेको छ । बाँकी रहेको ११ वडामा भने मंगलबारसम्ममा वडा सम्मेलन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने माओवादी केन्द्रका जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जानकारी दिए । आवश्यक तयारी पूरा भई नसकेकाले उक्त वडाको सम्मेलन बाँकी रहेको बुढाक्षेत्रीले बताए ।
यता वडा सम्मेलन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ । वडा सम्मेलन मेरिङ्देन गाउँपालिकाका ६ वटै वडा र सिदिङ्वा गाउँपालिकाको सातमध्ये तीनवटा वडा, फुङ्लिङ नगरपालिका, सिरिजङघा लगायत गाउँपालिकाको केही वडामा सम्मेलन बाँकी रहेको जनाइएको छ ।
पार्टीको कार्यतालिकाअनुसार नै ताप्लेजुङका वडाहरूमा सम्मेलन सम्पन्न गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक विजयप्रकाश वनेमले जानकारी दिए । तयारी अपुग भएका कारण शनिबार सम्मेलन हुन नसकेका वडाहरूमा चाँडै सम्पन्न गरेर तोकिएको समयभित्रै पालिका र जिल्लाको सम्मेलन सम्पन्न गर्ने वनेमले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend