खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा पालिका अधिवेशनमा चुनाव लडेका दुई प्यानल जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा एक ठाउँमा उभिएका छन् ।
गत ९ असोजमा भएको कांग्रेसको पालिका अधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट लडेका सुशील राई (अमित) र कृष्ण सिटौला प्यानलबाट लडेका बाजिन्द्र बिष्टको समूह जिल्ला अधिवेशनमा एक भएका हुन् ।
देउवानिकट सभापतिका आकांक्षी पूर्वराज्यमन्त्री सर्वधन राई र सिटौलानिकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईबीच जिल्ला अधिवेशनमा संयुक्त प्यानल बनाएर चुनाव लड्ने सहमति भएसँगै गाउँपालिकाको दुई प्यानल एक भएका हुन् ।
हालसम्म जिल्ला सभापतिमा दाबी गर्दै आएका महाधिवेशन प्रतिनिधि भूपेन्द्रले जिल्ला अधिवेशनको अघिल्लो दिन पूर्वराज्यमन्त्री सर्वधनलाई सभापतिमा समर्थन गर्ने सहमति गरेका हुन् ।
कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्ट, सभापतिमा पराजित सुशील राई (अमित), कांग्रेस नेता खेम खड्का, देवराज बस्नेत, देवेन्द्र बस्नेत, प्रेमबहादुर बस्नेत, नृपबहादुर चौलागाईंलगायतले दिक्तेलको त्रिवेणीचोकमा सामूहिक तस्बिर खिचाएर दुई प्यानल एक भएको सन्देश दिएका छन् । पालिका अधिवेशनमा बिष्टले ५५ मत र राईले ३४ मत ल्याएका थिए । सो गाउँपालिकामा १०१ जना क्षेत्रीय प्रतिनिधि छन् ।
नेता खड्का र नेपाल प्रेस युनियन खोटाङका सभापति उत्तम चौंलागाईं दुई प्यानलबीचमा हारजीतको तुष मेटाउँदै जिल्ला अधिवेशनदेखि आगामी स्थानीय तह लगायतका निर्वाचनमा एक भएर जाने सहमति गराएका हुन् ।
‘पालिका अधिवेशनमा नेता तथा कार्यकर्ता दुईवटा फरक टिममा विभाजित थियो । जिल्ला अधिवेशनमा भने संयुक्त रूपमा जाने सहमति बनेको छ’, चौलागाईंले भने, ‘पार्टीलाई थप मजबुद बनाएर आगामी स्थानीय तहको चुनावमा प्रतिपक्षविरुद्ध लड्नसमेत सहज बनेको छ ।’
कांग्रेसको जिल्ला सभापतिमा पूर्वसभापति विष्णुकुमार राई र महासमिति सदस्य रविप्रकाश राई पनि अघि सरेका छन् । रामचन्द्र पौडेल निकट विष्णुकुमारलाई शेखर कोइराला टिमको समर्थन छ । रविप्रकाश देउवा निकट हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend