Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले प्रवक्ता ज्ञवाली भन्छन्- नेतृत्व छान्ने महाधिवेशनमा विधान संशोधन हुन्न


    आइतबार, मंसिर ५ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काटमाठौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विधान महाधिवेशनबाट पारित एमाले बिधानमा अब संशोधन नहुने बताएका छन् । 

    नेकपा एमालेको १०औंं महाधिवेशन तयारीका बिषयमा प्रेस चौतारी उपत्यका प्रदेश कमिटीले आइतबार आयोजना गरेको अन्त्रक्रियामा बोल्दै एमाले सचिवसमेत रहेका प्रवक्ता ज्ञवालीले विधान संशोधन गर्न सकिने भए पनि नेतृत्व चयन गर्ने महाधिवेशनबाट यो कार्य नहुने प्रष्ट पारे ।

    ‘पहिलो विधान महाधिवेशनमा सुविचारित रूपमै पदाधिकारी संख्या कायम गरिएको छ, एमाले जस्तो पार्टीमा १५ जना पदाधिकारी राख्ने कुरा निकै चुनौतीपूर्ण नै हो सयभन्दा बढी पदाधिकारी हुन योग्यतम साथीहरू हुनुहुन्छ, तर हामी त्यही १५ भित्रै योग्यतम नेतृत्व चयन गर्ने भनेर नै विधानमा व्यवस्था गरिएको हो’,  उनले भने, ‘महाधिवेशनले विधान संशोधन गर्न सक्ने भए पनि अहिले त्यसतर्फ एमाले जाँदैन, यसैमा मिलाउँछ ।’

    ज्ञवालीले दशौं महाधिवेशनपछि एमाले राष्ट्रिय स्वधीनता, राजनीतिक स्थिरता र समृद्धिको संकल्प लिएर शसक्त रूपमा अघि बढने बताए । 

    उनले महाधिवेशमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने अधिकतम प्रयत्न हुने जानकारी दिदै भने, ‘सहमतिको आधारमा नेतृत्व चयन गर्ने अधिकतम कोसिस हुन्छ, सम्भव भएन भने पनि उच्चतम समझदारी कायम हुनेछ ।’
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार