Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीकाे याेजनामा ठूलाे धक्का, भीम रावलले गरे अध्यक्षमा उम्मेदवारीकाे घोषणा


    आइतबार, मंसिर ५ २०७८
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लागेकाे छ ।

    पार्टी उपाध्यक्ष भीम रावलले पार्टीकाे १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्ने भएसँगै ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लागेकाे हाे ।

    रावलका सहयोगी एकिन्द्र कुँवरका अनुसार रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

     कुँवरले भने- ‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ ।’ 

    पार्टीभित्र निरन्तर आफ्नो असन्तुष्टि राख्दै आएका रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ । 

    एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ । तर, ओलीको क्रियाकलापप्रति असन्तुष्ट रावललगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार