पाँचथर । नेपाली कांग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा मैया श्रेष्ठ लावती विजयी भएकी छन् । आइतबार सम्पन्न भएको मतगणनाअनुसार श्रेष्ठले २७३ मत प्राप्त गर्दै विजय हासिल गरिन् । श्रेष्ठका प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामाले २०९ मत प्राप्त गरेका छन् । श्रेष्ठ जिल्ला सभापतिका उम्मेद्वार सुरेन्द्रकुमार दाहाल पक्षधर हुन् भने लामा जिल्ला सभापतिका अर्का उम्मेद्वार रुपनारायण जबेगू पक्षधर हुन् ।
उपसभापति पदमा श्रेष्ठको प्यानलका तेजबहादुर चेम्जोङ २९१ मत र लामा प्यानलका जितबहादुर भण्डारी २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसभापति पदमा गणेश मिश्रले ११२ मत र महेन्द्रकुमार आङ्देम्बेले १८६ मत पाएका छन् । प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सचिवमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै दुई जना सहसचिवमा ज्योती प्रभा भण्डारी २७२ र नरेन्द्र शेर्माले २४२ मत सहित विजयी भएका छन् । सहसचिव पदमा गोपाल घिमिरेले १८० मत र भीमप्रसाद हुँमागाईंले १४५ प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ख मा कांग्रेसको क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागि वडा कार्यसमितिका सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए । पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र क मा भने हिजो नै मतगणना सम्पन्न भएको थियो । उक्त क्षेत्रमा भगीश्वर योङहाङ नेतृत्वको प्यानल विजयी भएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend