पोखरा । कांग्रेस र एमालेपछि कास्कीमा नेकपा माओवादी केन्द्रले वडा अधिवेशन गरेको छ । समानुपातिक समावेशी सिद्धान्तलाई अंगिकार गरेर मुल राजनीतिमा होमिएको माओवादीले वडा अधिवेशनबाट पुराना दुई पार्टी भन्दा फरक सन्देश दिन सकेन । कास्कीका वडा अधिवेशनबाट महिलालाई नेतृत्वमा पुर्याउन माओवादी पनि चुकेको छ । ७२ वडा रहेको यहाँ कांग्रेस र एमालेबाट एउटा पनि वडामा महिला अध्यक्ष भएका छैनन् ।
माओवादीको पनि हालसम्म सकिएका २८ वडा अधिवेशनबाट पुरुषमात्र अध्यक्ष बनेका छन् । प्राप्त पछिल्लो विवरणअनुसार पोखरा महानगरपालिका-१ मा रुद्र लुईंटेलको अध्यक्षतामा ३५ सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।
पोखरा-६ को अध्यक्षमा कृष्ण आचार्य चयन भए भने पोखरा-८ मा हिराकाजी श्रेष्ठ अध्यक्ष बनेका छन् । पोखरा-१६ को अध्यक्षमा निर्मल आचार्य, ११ मा मनोज रसाइली, २२ मा नवराज बराल अध्यक्ष बने । ३३ नम्बर वडाको अध्यक्षमा श्रीभद्र बराल चयन भएका माओवादी कास्कीले जनाएको छ ।
मादीका १२ वटै वडामा अधिवेशन सकिएको छ । वडा नम्बर १ को अध्यक्षमा टीकप्रसाद गुरुङ, २ मा मेघराज गुरुङ, ३ मा बेलबहादुर गुरुङ र ४ मा नवराज पौडेल सर्वसम्मत चयन भएका छन् । यस्तै, ५ मा भवानी शंकर बास्तोला, ६ मा दीपक परियार, ७ मा दुर्गाबहादुर गुरुङ, ८ मा होमबहादुर गुरुङ, ९ मा विजयराज अधिकारी अध्यक्ष बने भने वडा नम्बर १० मा रामप्रसाद पौडेल, ११ मा बुद्धिनाथ खनाल र १२ मा लेखनाथ बराल अध्यक्षमा चयन भएका छन् ।
माछापुच्छ्रे गाउँपालिका-२ मा पुष्पराज गौतमको अध्यक्षतामा ११ सदस्सीय वडा कमिटी निर्वाचित भएको छ । वडा नम्बर ३ को अध्यक्षमा नारायण दवाडी, ८ को अध्यक्षमा गणेश आचार्य निर्वाचित भए । अन्नपूर्ण गाउँपालिका-३ को अध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भए भने ५ मा दीपेन्द्र गिरीको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ ।
यता रुपाका केही वडा बाहेकमा अधिवेशन सकिएको छ । वडा नम्बर १ को अध्यक्षमा पुष्पराज खनाल, ३ को अध्यक्षमा सन्तबहादुर भुजेल, ४ को अध्यक्षमा नवराज रेग्मी, ७ को वडाध्यक्ष माधव पौडेल निर्वाचित भएका माओवादी कास्कीका इन्चार्ज राजकाजी गुरुङ ‘करण’ले जानकारी दिए । उनका अनुसार बाँकी वडाहरूको समेत सर्वसम्मत नेतृत्व आउने क्रम जारी छ ।
‘सर्वसम्मत गर्ने भनिएको छ । सबै जुट्नुभएको छ, सल्लाह भइरहेको छ’, उनले भने, ‘आज बेलुकासम्म सबै कमिटी तयार हुन्छ ।’ एमालेले पनि सर्वसम्मत रुपमा कमिटी गठन गरेको हो ।
पार्टीभित्र असन्तुष्टी बढ्ने डरले दुई ठूला कम्युनिष्ट पार्टीहरूले मतदान प्रक्रियालाई ‘बहिष्कार’ जस्तै गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend