Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस भक्तपुर क्षेत्र नम्बर १: सभापतिमा खड्का निर्वाचित


    आइतबार, मंसिर ५ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भक्तपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट भक्तपुर क्षेत्र नम्बर १ (क) मा सभापति चयन भएको छ । जिल्लाको क्षेत्रको नम्बर १ (क) चाँगुनारायण प्रदेश सभापतिमा जयन्द्र खड्का विजयी भएका छन् ।

    उनले प्रत्यासित जनक खत्री र मधुराम ढुंगानालाई क्रमश ४० र १२९ मतले पछि पारेका हुन् । खड्काले १४७ मत पाउँदा खत्रीको १०७ र ढुंगानाले १८ मत प्राप्त गरे । 

    यसैगरी उपसभापतिमा रमेश केसी र दिनेश अवालले जितेका छन् । सचिवमा रोशन तिमिल्सिना र शिवहरी थापा निर्वाचित भएका छन् ।  संजीव पुरी र सरिता थापा उपसचिव पदमा चुनिएका छन् । 

    खुलातर्फको प्रदेश प्रतिनिधि आदिवासीतर्फ लक्ष्मण श्रेष्ठ र ज्ञानेन्द्र तामाङ, यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि खस आर्यतर्फ राजकुमार खड्का र दधिराम खड्का, यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि खस आर्य महिलामा संगीता दुलाल चुनिएका छन् ।

    यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि खुलामा माधवप्रसाद न्यौपाने, शिवराम पुरी, गणेशप्रसाद फुयाँल, जोशना बस्नेत र सुमन तामाङ र यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि महिलामा साधना मल्ल ठकुरी, निर्मला केसी र मिरा वाग्ले थापा चुनिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार