Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामदेवलाई टिभी खोल्न दिनु नेपाली कानूनको उल्लंघन: भीम रावल


    आइतबार, मंसिर ५ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय गुरु रामदेवलाई टिभी खोल्न दिनु नेपाली कानूनको निर्लज्ज उल्लंघन भएको टिप्पणी गरेका  छन् । 

    ‘प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आम सञ्चारमाध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिनु, त्यसको उद्घाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्।’

    गत बिहीवार रामदेवको दुई टेलिभिजन च्यानल प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए भने सो क्रममा रामदेवलाई जग्गा उपलब्ध गराउने घोषणा समेत गरेका थिए । सो कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाललगायतका नेताहरुको लर्को लागेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार