सुनसरी । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा (क) र (ख) मा संस्थापन इतर पक्षको प्यानल नै विजयी भएको छ ।
शनिवार सम्पन्न निर्वाचनमा दुई क्षेत्रमा कोइराला–पौडेल पक्षधर मानिएका अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानलै विजयी बनेको हो । संस्थापन पक्ष देउवाबाट उम्मेदवार बनेका मदन ढकाल र अजय कुमार राई पराजित भए । मतगणनामा कोइराला–पौडेलका अनिल श्रेष्ठले भारी मतान्तरले ढकाललाई पराजित गरे । श्रेष्ठले २६८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ढकालले ९६ मतमात्रै प्राप्त गरे ।
उपसभापतिमा प्रदीप शाक्य र झुमा राईले क्रमशः २३७ र २८१ मत ल्याउँदै निर्वाचित बनेका छन् भने सचिवमा युवराज शंकर र राजेन्द्र राईले क्रमशः २८० र २४४ मत ल्याउँदै विजयी बनेका छन् । यता सहसचिवमा हरिप्रसाद ओझा र रमिता श्रेष्ठले क्रमशः २१८ र २५६ मत प्राप्त गर्दै विजयी बनेका छन्।
संस्थापन पक्षबाट उम्मेदवारी दिएका उपसभापतिले कुमार मोक्तानले ९० र मनोजकुमार सुब्बाले ९७ मत मात्रै प्राप्त गरे भने सचिवमा राजेन्द्रकुमार राईले ९९ र सुनिलचन्द्र श्रेष्ठले ९१ मत प्राप्त गरे ।
सहसचिवमा कमल भट्टराईले १०० र विष्णुमाया मोक्तानले ११२ मत प्राप्त गरे । विधानअनुसार कोषाध्यक्ष पदमा भने मनोनीत गर्ने व्यवस्था छ । प्रदेशसभा (क) मा ३७६ प्रतिनिधि रहेकामा ३६७ जनाले मात्रै मत हालेका थिए ।
यता प्रदेशसभा (ख) मा पनि भट्टराईको प्यानलै विजयी बनेको छ । धरान–१७ स्थित एन्फा एकेडेमीको हलमा सम्पन्न निर्वाचनपश्चात् मतगणनामा भट्टराईले कुल २५१ मत खसेकामा १३९ मत प्राप्त गरे । प्रत्याशी राईले १०८ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपसभापतिमा चन्द्रबहादुर मगर (अनिल) ले १५५ र डिल्लीसेर राईले १३० मत प्राप्त गर्दै निर्वाचित बने । यता संस्थापन तर्फका अमृतबहादुर खड्काले ८२ र सन्देश श्रेष्ठले ९२ मत ल्याएका थिए । सचिव पदमा राजेन्द्र खड्काले १४४ र विजय घिमिरेले १४३ मत प्राप्त गर्दै निर्वाचित बन्दा प्रत्याशी सङ्गीता राईले १२० र सुरजप्रसाद अधिकारीले ६३ मत मात्रै प्राप्त गरेका थिए ।
त्यस्तै सहसचिव पदमा मञ्जु राईले १४४ र रोहित काफ्लेले १५१ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी विक्रम राईले ८५ र सर्वम धामीले ८१ मत मात्रै प्राप्त गर्दै पराजित भए । त्यस्तै सदस्यहरूमा पनि भट्टराई प्यानल विजयी बनेको छ ।
यता महाधिवेशन प्रतिनिधिमा पनि कोइराला-पौडेल पक्षबाटै विजयी बनेका छन् । यसअघि नगरको अधिवेशनमा पनि संस्थापन पक्ष इतरको विजयी भएको थियो। सुनसरीको क्षेत्र नम्बर १ विशेष धरान क्षेत्र पर्ने गर्दछ । धरानमा संस्थापन पक्ष कमजोर रहेको प्रष्ट देखिएको छ ।
यता निर्वाचन क्षेत्र नम्बर ४ (क) मा संस्थान पक्षका उपेन्द्र बहादुर कटुवाल निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थान इतरका नवराज बस्नेतले ७६ मत पाए । निर्वाचन क्षेत्र नम्बर ४ हाल सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको चुनावी क्षेत्र हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend