Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नुवाकोट नेपाली कांग्रेसमा महत पक्षको एक्लौटी जित, केसी पक्षको लज्जास्पद पराजय


    शनिबार, मंसिर ४ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा अर्जुननरसिंह केसी र जगदिश नरसिंह केसी दाजुभाइको लज्जास्पद हार भएको छ । रामचन्द्र पौडेल र कोइराला खेमाका केसी दाजुभाइको बर्चस्व रहँदैआएको नुवाकोट कांग्रेसमा यसपटक डा. रामशरण महत पक्षले बाजी मारेको छ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नुवाकोटमा शुक्रबारदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको हो ।

    शुक्रबार नुवाकोटको ४ वटा प्रदेश कार्यसमितिका लागि भएको निर्वाचनमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र जिल्ला सभापति जगदिशनरसिंह केसी निकटस्थ उम्मेदवार पराजित भएका हुन् । शुक्रबार राति सार्वजनिक भएको मत परिणाम अनुसार नुवाकोट निर्वाचन क्षेत्र नं ‘१’ को प्रदेश सभा (क) को निर्वाचनमा प्रकाशशरण महत निकटका उमेदवारहरु विजयी भएका छन् ।

    अर्जुननरसिंह केसीका नातेदार तथा स्वकीय सचिव सरोज केसीले नेतृत्व गरेको टिमका उमेदवारलाई पराजित गर्दै देउवा समूहका उमेदवारहरु विजयी बनेका हुन् । त्यस्तै प्रदेश सभा –ख) मा पनि देउवा पक्षका उमेदवार प्रदेशसभाको सभापतिमा विजयी भएका छन् । केसी समूहका ऋषिकुमार तामाङलाई भारी मतान्तरले पराजित गर्दै देउवा पक्षका उमेदवारले प्यानल सहित जित्न सफल भएका छन् ।  नुवाकोट क्षेत्र नम्बर १ प्रकाशशरण महतले चुनाव लड्ने तयारी गरिरहेको निर्वाचन क्षेत्र पनि हो । यस्तै नुवाकोट क्षेत्र नं २ को प्रदेश सभा(ख) को प्रदेश कार्यसमिति सभापतिमा देउवा खेमाका बहादुरसिंह लामा समर्थित उमेदवार गणेशमान तामाङ निर्वाचित भएका छन् ।

    सभापतिका लागि दुईजना उम्मेदवार रहेकोमा गणेशमानले २४२ पाएका छन् भने उनका प्रतिद्वन्दी रामचन्द्र पौडेल खेमाबाट केसी दाजुभाइको समर्थनमा उम्मेदवार बनेका आतमसिंह तामाङले १५२ मत मात्र प्राप्त गरेका छन् । नुवाकोट २ नंवर क्षेत्रको प्रदेश सभा ‘क’ को सभापतिमा पनि बहादुर निकटका बैकुण्ठबहादुर पाण्डे विजयी भएका छन् । केसी दाजुभाइले आफ्नो प्रभाव देखाउन सक्ने ठानिएको सो क्षेत्रमा समेत अक्कलबहादुर ढुङ्गाना ‘श्याम’ लाई हराउँदै देउवानिकट उमेदवार पाण्डे विजयी बनेका हुन् ।

    यही मंसिर ६ गते हुने क्षेत्रीय कार्यसमितिको निर्वाचनमा देउवा पक्षबाट सभापतिका उम्मेदवार नुवाकोट १ मा धु्रव श्रेष्ठ, नुवाकोट २ मा जगतबहादुर तामाङ रहेका छन् ।

    मंसिर १० गते हुने जिल्ला कार्यसमितिको निर्वाचनमा देउवा पक्षबाट चोकराज शाक्यले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । केसी पक्षबाट अर्जुनरसिंहका भाइ चिकित्सक संघका पूर्वअध्यक्ष केदारनरसिंह केसीले सभापतिमा उम्मेदवारी दिने भएका छन् । अर्जुननरसिंहका भाइ जगदिशनरसिंह केसी दुई कार्यकाल जिल्ला सभापति भइसकेका छन् । यो पटक अर्का भाइलाई उम्मेदवार बनाउने तयारी अर्जुननरसिंहले गरेका छन् । केसी कांग्रेसको १३ औं महाधिवेशनमा देउवा खेमाबाट महामन्त्रीका उम्मेदवार थिए । यसपटक उनी पौडेल–कोइराला खेमामा लागेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार