Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको छः अध्यक्ष नेपाल


    शनिबार, मंसिर ४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् ।

    काठमाडौंमा आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित भेलामा अध्यक्ष नेपालले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताएका छन् ।

    अध्यक्ष नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताए । उनले राष्ट्रियसभा तथा उपचुनावमा गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर सवै क्षेत्रमा विजय हासिल गर्ने बताएका छन् । उनले आगामी चुनावमा नेकपा (एकीकृत समाजवादी)को विजयी अभियान सुरु हुने बताएका छन् ।

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए  । मन्त्री श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथितिमुक्त बनाउने प्रतिवद्धता जनाएका छन् ।

     वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिती हटाउँदै व्यवस्थित, पारदर्र्शी र मर्यादित बनाउन  कानूनलाई कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ । मन्त्री श्रेष्ठले सरकारले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको समेत जानकारी गराएका छन् । 

    कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरु प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्की लगायतले नेकपा (एकीकृत समाजवादी) को पक्षमा जनलहर आएको बताएका छन् । 

     भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ( काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ । कार्यक्रममा एमाले–कांग्रेस लगायत पार्टी परित्याग गरि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका ५३ जनालाई पार्टी अध्यक्ष नेपालले स्वागत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार