Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मदिरामा अन्तःशुल्क वृद्धि नगर्न व्यवसायीको माग


    शनिबार, मंसिर ४ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल। मदिरामा सरकारले अन्तःशुल्क वृद्धि गर्दा विदेशबाट मदिरा आयात बढेको व्यवसायीले गुनासो गरेका छन् । 

    अन्तःशुल्कमा हुने  वृद्धिले नेपालमा महँगो भई विदेशी मदिराको आयात बढेको व्यवसायीले बताएका छन् । मदिरा व्यवसायी संघ रुपन्देहीको सातौं अधिवेशन तथा १३औं साधारणसभामा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले मदिरा व्यवसायीलाई सरकारले पक्षपातपूर्ण व्यवहार गरेको गुनासो गरे । 

    राज्यलाई कूल राजस्वको २५ प्रतिशत हाराहारी कर तिर्ने  मदिरा व्यवसायलाई सरकारले कुनै सुविधा नदिएको उनले बताए । ‘विदेशी मदिरा आयात बढ्नुमा नेपाली मदिरा महँगो हुनु हो । सरकारले अन्तःशुल्क बढाउँदा विदेशी मदिरासँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छ’, उनले भने ।

    व्यवसायीहरूले अवैध घरेलु मदिराको कारोबारले मानव स्वास्थ्यमाथि खेलबाड र राज्यको कर गुमेको बताउँदै नियन्त्रण गर्न माग गरे । यस्तै कर प्रशासनले पनि व्यवसायीलाई दुःख दिने गरेको व्यवसायीको गुनासो छ । 

    कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत उद्धव अधिकारी, महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु श्रेष्ठ, महासचिव तारा ढुंगाना, महासंघका सल्लाहकार खिमबहादुर खत्री, दिनेश प्रसाद श्रेष्ठ, नेपाल व्यापार कर्मचारी संघका अध्यक्ष प्रितम गिरी, संघका जिल्ला अध्यक्ष शम्भु भट्टराई, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष ठाकुर श्रेष्ठलगायतले व्यवसायीका समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका थिए । 

    कार्यक्रममा उत्कृष्ट कार्यसमिति सदस्य, नगर संयोजकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष कृष्ण गौतम, महासचिव हिमालय भुसाल लगायतले बोलेका थिए । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार