Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४२ जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु, ४४४ जना डिस्चार्ज


    शनिबार, मंसिर ४ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा ४४४ जना सङ्क्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १४५ पीसीआर परीक्षणमा २०९ र २ हजार ९९१ एन्टिजेन परीक्षणमा ३३ जना गरी २४२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा जम्मा ७ हजार १३६ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    यस्तै, मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ३०३ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

    त्यस्तै, कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४९५ को पुगेको छ।

    देशभर पछिल्लो २४ घण्टामा थप १ लाख ३ हजार ३०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार