खोटाङ। कांग्रेस खोटाङ क्षेत्रीय कार्यसमिति प्रदेश (क) को सभापतिमा राजेन्द्र राई निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार भक्तजंग राईलाई ९२ मतले पछि पार्दै राजेन्द्र क्षेत्रीय सभापति बनेका हुन् । शनिबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार राजेन्द्रले तीन सय ७२ मत ल्याउँदा भक्तजंगले दुई ८० मत पाएको मतदान अधिकृत शिवहरि ढकालले बताए ।
राजेन्द्रले पौडेल र कोइराला प्यानलबाट क्षेत्रीय सभापतिसहित सबै पदाधिकारीमा बाजी मारेका हुन् । उनी कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलसँग नजिक छन् । उनलाई पौडेलनिकट पूर्व जिल्ला सभापति एवं सभापतिका उम्मेदवार विष्णुकुमार राई, पूर्वसभापति नरेश श्रेष्ठ, महासमिति सदस्य एवं सभापतिका उम्मेदवार रविप्रकाश राई, क्षेत्रीय सभापति इवन राईलगायतको साथ छ । भक्तजंग देउवानिकट पूर्व राज्यमन्त्री एवं जिल्ला सभापतिका उम्मेदवार सर्वधन राईको प्यानलबाट उठेका थिए ।
क्षेत्रीय उपसभापतिमा राजेन्द्र कै प्यानलका बालकुमार राईले तीन सय ३८ मत र मित्रलाल पुरीले तीन सय ५५ मत, सचिवमा राजन भट्टराईले तीन सय ७४ र ज्ञानेन्द्र राईले तीन सय ४४, सह–सचिवमा पृथ्वीनारायण आचार्यले तीन सय ७० र भूपेन्द्र खनालले दुई ७० मत ल्याएर विजयी भएका छन् । १७ जना प्रदेश प्रतिनिधिमा पनि मञ्जु कार्कीबाहेक सबै राजेन्द्रकै प्यानलबाट निर्वाचित भएका छन् ।
यस्तै, क्षेत्रीय कार्य समिति प्रदेश ‘ख’को सभापतिमा दिनेश घिमिरे निर्वाचित भएका छन् । ६ सय ३५ मत खस्दा घिमिरे तीन सय ३१ मत ल्याएर सभापति बनेका हुन् । सिमपानीस्थित सिमपानी माविमा शुक्रबार राति घोषित नजिताअनुसार उनका प्रतिद्धन्द्धी चण्डीकुमार राईले दुई सय ७५ मत पाएका छन् ।
क्षेत्रीय उपसभापतिमा घिमिरे प्यानलकै महेन्द्र राईले तीन सय २७ मत र राई प्यानलका रामचन्द्र केसीले दुई सय ८८ मत ल्याएर उपसभापतिमा निर्वाचित भएका छन् । सचिवमा तीन सय २४ मत ल्याएर घिमिरे प्यानलकै प्रविण राई र दुई सय ८४ मत ल्याएर समराज राई निर्वाचित भएका छन् । सह–सचिवमा पनि घिमिरेकै प्यानलबाट तीन सय दुई मत ल्याएर राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित भएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend