Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वमाओवादी नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान हुन्छ : नेम्वाङ


    शनिबार, मंसिर ४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले तत्कालीन माओवादी केन्द्र परित्याग गरी आएका नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान दिइने बताएका छन् । एमालेकाे १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ ।

    एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले पूर्वमाओवादी नेताहरुलाई प्रतिस्पर्धाबाट आउन अफ्ठेराे हुने अवस्था भएकाले सहमतिका आधारमा सम्मानजनक स्थान दिइने बताएका हुन् ।

    ‘हामी उहाँहरुलाई माओवादी नेता त भन्दैनाैँ एकीकृत कम्युनिस्ट पार्टीका नेता नै भन्छाैँ । तर, पनि बाेलिचालीकाे भाषामा पूर्वमाओवादी भनिने भएकाले महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा उहाँहरुलाई त्यति सहज नहुन सक्छ । त्यसैले उहाँहरुलाई नेतृत्वमा ल्याउन साेच्नुपर्छ,’  नेम्वाङले न्युज कारखानासँग भने, ‘त्यसैले सहमतिका आधारमा उहाँहरुलाई नेतृत्वमा स्थापित गरिन्छ ।’

    उनका अनुसार त्यसबारे नेतृत्व तहमा छलफल र गृहकार्य भइरहेकाे छ ।

    तत्कालीन नेकपा विभाजन भइ एमाले र माओवादी केन्द्र ब्यूतिँदा नेताहरु रामबहादुर थापा बादल, टाेपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह लगायत नेताहरु एमालेतिर लागेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार