Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • खेलकुद परिषदको सदस्यसचिवका लागि दरखास्त आह्वान, कस कसले दिन पाउँछन् आवेदन ?


    शनिबार, मंसिर ४ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ ।  मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै एक साताकाे समय दिएर याेग्य व्यक्तिलाई सदस्यसचिव पदका लागि आवेदन माग गरेको हो । 

    कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि ३१ असोज मन्त्रिपरिषद् बैठकले तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई बरखास्त गरेकाे थियाे । त्यसयता राखेप सदस्यसचिव विहीन छ । 

    अघिल्लो वर्ष जारी भएको ऐनमा व्यवस्था भएअनुसार राखेप सदस्यसचिव खुला प्रतिस्पर्धाबाट चयन हुनुपर्छ । यसका लागि स्नातक पास गरेकाे, खेलकुदमा कम्तिमा दशक अनुभव लगायतका मापदण्ड छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार