दाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दाङमा समावेशी काेटातर्फ प्रदेश प्रतिनिधि चयन भएका छन् । ६ वटा प्रदेशसभा क्षेत्र रहेको दाङमा समावेशीतर्फ नाै जना प्रतिनिधि निर्विराेध भएका हुन् ।
प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ को (क) मा चुर्णबहादुर चौधरी थारु प्रदेश महाधिवेशनमा प्रतिनिधि निर्विरोध भएका छन् । थारु महिला कोटामा सरिता चौधरी निर्वाचित भएकी छ्न् । ‘ख’बाट थारु महिला कोटामा मधु चौधरी निर्विरोध भए ।
प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रदेश महाधिवेशन प्रतिनिधिसभामा आदिवासी जनजातितर्फ धुर्बकुमार पुन, खस आर्यतर्फ मनोज बुढाथोकी र दलिततर्फ केशव नेपाली निर्विरोध भएका छन् ।
प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) मा मुस्लिमतर्फको प्रदेश महाधिवेशन प्रतिनिधिमा सिमु शिद्धिकी निर्विरोध हुँदा १ (ख) मा खसआर्यतर्फ घनश्याम केसी र बिना न्यौपाने निर्विरोध भए । अन्य पदमा भने निर्वाचन हुने भएको छ ।
६ वटै प्रदेश सभापतिका लागि १३ जनाकाे उम्मेदवारी परेकाे छ । निर्वाचन क्षेत्र नम्बर ३ (ख)मा सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
योबाहेक अन्य पाँच निर्वाचन क्षेत्रमा भने दुई-दुई जनाले मनोनयन दर्ता गराएका छन्। नेतृत्व चयनका लागि शनिबार मतदानको हुँदैछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend