खोटाङ। नेपाली कांग्रेस खोटाङ क्षेत्रीय कार्यसमिति (प्रदेश ख) सभापतिमा दिनेश घिमिरे निर्वाचित भएका छन् । कुल मतदाता (क्षेत्रीय प्रतिनिधि) संख्या ६७२ रहेको प्रदेश ‘ख’मा ६३५ मत खस्दा घिमिरेले ३३१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।
सिमपानीस्थित सिमपानी माविमा शुक्रबार राति सार्वजनिक नजिता अनुसार उनका प्रतिद्वन्द्वी चण्डीकुमार राईले २७५ मत पाएका छन् ।
घिमिरे प्यानलकै महेन्द्र राईले ३२७ मत र राई प्यानलका रामचन्द्र केसीले २८८ मत ल्याएर उपसभापतिमा विजयी भए । सचिवमा ३२४ मत ल्याएर घिमिरे प्यानलकै प्रविण राई र २८४ मत ल्याएर समराज राई निर्वाचित भएका छन् । सहसचिवमा पनि घिमिरेकै प्यानलबाट ३०२ मत ल्याएर राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित भएका छन् ।
पौडेल समूहका उम्मेदवार घिमिरे देउवा र कोइराला टिमको सहयोगमा क्षेत्रीय सभापति निर्वाचित भएका हुन् । राई कृष्ण सिटौला/गगन थापा समूहका उम्मेदवार हुन् ।
घिमिरेलाई देउवा निकट पूर्वराज्यमन्त्री एवं जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई, पौडेल निकट पूर्वजिल्ला सभापति एवं जिल्ला सभापतिका उम्मेदवार विष्णुकुमार राई, कोइराला निकट महासमिति सदस्य तथा पूर्व जिल्ला सभापति सुवासकुमार पोखरेल, देउवा निकट महासमिति सदस्य एवं जिल्ला सभापतिका उम्मेदवार रविप्रकाश राई लगायतले सहयोग गरेका थिए ।
राई भने सिटौला निकट महाधिवेशन प्रतिनिधि एवं जिल्ला सभापतिका उम्मेदवार भूपेन्द्र राईका उम्मेदवार हुन् । क्षेत्रीय कार्य समिति (प्रदेश ख)मा भूपेन्द्र चुनावी मैदानमा उत्रिएका हुन् । अहिले प्रदेश महाधिवेशन प्रतिनिधिको मत गणना भइरहेको छ ।
हलेसीस्थित महेन्द्रोद्वय माविमा कांग्रेस क्षेत्रीय कार्यसमिति (प्रदेश क) को मत गणना जारी छ । कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क) मा देउवा निकट टिमबाट भक्तजङ राई सभापतिका उम्मेदवार छन् । उपसभापतिमा दिलिप राजा गिरी र उद्वव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राई चुनावी मैदानमा छन् ।
कोइराला निकट टिमबाट क्षेत्रीय कार्य समिति (प्रदेश क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल प्रतिस्पर्धामा छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend