Nepal Face
  • आइतबार, १० साउन २०८३
  • करेन्ट लागेर पाल्पामा महिलाको मृत्यु


    शनिबार, मंसिर ४ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पाल्पा । पाल्पामा  करेन्ट लागेर  एक  महिलाको मृत्यु भएको छ ।  माछा मार्न लगाइएको करेन्ट लागेर महिलाको मृत्यु भएको रहस्य बाहिर आएको छ ।

    पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ तासियलका बलबहादुर विकको श्रीमती ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।
    घरबाट सर्दी खेतमा गएकी विकलाई खोलामा पस्दा स्थानीय युवाले माछा मार्न लगाएको करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत अवस्थामा रहेकी विकलाई उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।
    सोही घटनामा सङ्लग्न रहेको भन्दै प्रहरीले छ जनालाई पकाउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा–२ बस्ने हुमबहादुर घर्ती, हरिप्रसाद पाण्डेय, अलि बुढा, पदमबहादुर गाहा र धनबहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

    सूर्य गरजा र लालबहादुर बुढा भने फरार रहेका छन् । मङ्गलबार विकको मत्यृ भए पनि प्रहरीले दुईपछि बिहीबार मात्र घटनामा सङ्लग्नलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार