Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल बारले घोषणा गर्यो थप आन्दोलन तालिका , प्रधानन्यायाधीशको वार्ता प्रस्ताव अस्वीकार


    शनिबार, मंसिर ४ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउन तालिका बनाएको छ ।

    बार महासचिव लीलामणि पौडेलले आइतबार सर्वोच्च अदालत परिसरमा दंगा प्रहरी प्रयोग गरेर अदालतकै परिवार कानुन व्यवसायीमाथि चरम दमन भएको बताएका छन् । त्यसैको विरुद्धमा आफूहरूले आन्दोलनलाई थप कडा पार्ने उनले चेतावनी दिए ।

    ‘हामीमाथि प्रहरी दमन भएको छ । प्रहरीका बुट प्रहार भएका छन् । त्यसविरुद्ध आइतबार देशभरका सबै अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेक सबै मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेका छौं । यो प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि भएको दमनका विरुद्धमा हो । सोमबारबाट हाम्रा नियमित पुरानै आन्दोलनका कार्यक्रमले निरन्तरता पाउने छन्’, उनले भने ।

    उनले सोमबार संसदमा सरिक सबै दललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको समेत बताएका छन् । मंगलबार देशभरका सबै अदालतमा अन्तिम हदम्याद भएको मुद्दा बाहेक अरू कुनै पनि मुद्दा मामिलालगायत कुनै पनि काम नगरिने उनले बताए ।

    उनले बुधबार देशभरका १८ वटा उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पठाएर त्यो अदालतका क्षेत्राधिकार भित्रका अरू अदालतका कानुन व्यवसायीलाई एकै ठाउँमा भेला पारेर वृहत् विरोध सभा कार्यक्रम आयोजना गरिने बताएका छन् । बिहीबार र शुक्रबार भने काठमाडौं केन्द्रित आन्दोलनलाई सशक्त बनाइने बताएका छन् ।

    यसका साथै उनले प्रधानन्यायाधीशले वार्ताका लागि पठाएको पत्रको कुनै नरहेको बताएका छन् । उनले प्रधानन्यायाधीशको राजीनामा मागिरहेको र बेन्चसमेत नतोक्न भनेको अवस्थामा अब वार्तामा बस्नुको कुनै अर्थ नहुने बताएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार