दाङ। नेपाली कांग्रेसमा १४औं महाधिवेशनअन्तर्गत दाङमा तहगत नेतृत्वको लागि युवापुस्ताको सक्रियता सहभागिता बढ्ने देखिएको छ । वडा तथा पालिका अधिवेशनमा युवा नेतृत्वले पहुँच पुर्याएको अवस्थामा अहिले भने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पनि युवाहरूले नेतृत्वको चाहाना गर्दे उम्मेदवारी दिएका छन् ।
अग्रज नेताहरूको सहभागितामा युवाहरूको नेतृत्वमा सक्रियता देखिएको छ । महाधिवेशन प्रतिनिधि नेतृत्वका लागि पनि युवापुस्ताको चासो देखिँदा कांग्रेसमा युवा पुस्ताको वर्चस्व हुने बढेको छ । पार्टीको मुख्य पदमा पुराना पुस्ता हाबी हुँदा कांग्रेसले भने अनुसारको गति लिन नसकेकोले युवापुस्ता राजनीतिमा होमिन खोजेका युवाहरूको धारणा छ ।
१४औं महाधिवेशनपछि अधिकांश मुख्य पदमा युवा पुस्ता आउने देखिएको छ । पछिल्लो समय युवापंतिको उम्मेदवारी घोषणाले कांग्रेसमा युवा पुस्ता आउने निश्चित प्राय छ । कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले जिल्लामा पनि युवा पुस्ताले नेतृत्वमा आउन उम्मेदवारी दिएको बताए । ‘धेरै पदमा युवाको उम्मेदवारी परेको छ,’ उनले भने, ‘यसअघि सम्पन्न वडा तथा गाउँ/नगरको अधिवेशनमा पनि युवापुस्ता नै आएका छन् ।’
दाङमा वडा तथा गाउँ/नगरको नेतृत्वमा युवा पुस्ता आउँदा अबको प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पनि युवाको उम्मेदवारी परेको छ । पुराना पुस्ताको हाबी भएको कांग्रेसमा युवा पुस्ता राजनीतिक नेतृत्वमा आउन थालेको देखिएको छ ।
दाङ क्षेत्र नम्बर ३ को ‘ख’मा सभापति पदका लागि टिका घर्ती, उपसभापतिमा नवीन योगी, सचिव पदका लागि देवीराम कुसारी, ‘क’को सचिवमा किरण केसी, टोपेन्द्र डाँगी क्षेत्र नम्बर ३ मा क्षेत्रीय सचिवमा रवि बुढाथोकी चुनावमा होमिएका छन् ।
यस्तै क्षेत्र नम्बर २ को ‘ख’मा सभापति पदका लागि अभियान बस्नेत, सचिवमा शिवराज बस्नेत, क्षेत्र नम्बर २ को सचिवमा आरे शीतल, क्षेत्र नम्बर ३ को ‘क’मा सहसचिव पदका लागि युवा व्यवसायी राजेन्द्र महतारा, लीला मणि चौधरीलगायतका युवा चुनावी मैदानमा छन् । नेतृत्वमा आउने दावीका साथ उनीहरू चुनावी मैदानमा होमिएका छन् । अन्य पद र प्रतिनिधिहरूमा पनि युवाहरूकै बाहुल्यता रहेको छ ।
पार्टीलाई गतिशील बनाउने र यथास्थितिबाट माथि उठाउने उद्देश्यका साथ युवाहरू नेतृत्वमा आउन उम्मेदवारी दिएका छन् । राजनीतिमा असल संस्कारको विकास गराई सकारात्मक दृष्टिकोण सृजना गर्न लागि नेतृत्वमा आउन लागेको क्षेत्र नम्बर ३ को ख मा सभापति पदमा उम्मेदवारी दिएका तरुन दलका जिल्ला अध्यक्ष तथा युवा नेता टिका घर्तीले बताए ।
‘कांग्रेसलाई मजबुत बनाउन र असल संस्कारको विकास गराउन मेरो उम्मेदवारी हो,’ उनले भने, ‘मलाई लाग्छ, म नेतृत्वमा आउनका लागि नेता तथा कार्यकर्ताको साथ रहनेछ ।’ विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसमा होमिएका नेता घर्ती जिल्ला सदस्य, भातृ संस्था तरुणदल जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष, कार्यवहाक अध्यक्ष, १२औं र १३औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भइसकेका उनले अहिले क्षेत्र नम्बर ३ को ‘ख’ मा सभापतिका लागि उम्मेदवारी दिएका हुन् । उमेरले ३६ वर्ष मात्रै भएका उनले यसपटक पनि सबै साथ पाउने विश्वास व्यक्त गरे ।
पत्रकार पनि उम्मेदवार
कांग्रेसको आसन्न प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मुख्य पदमा पत्रकारले पनि उम्मेदवारी दाबी गरेका छन् । आज हुने प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता प्रक्रियामा जिल्लामा केही पत्रकारले उम्मेदवारी दिँदै छन् ।
कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पत्रकार सुरेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै पत्रकार देवीराम कुसारीले दाङ क्षेत्र नम्बर २ को ‘ख’ मा सचिव पदमा उम्मेदवारी दिएका छन् । पत्रकार आरके शीतलले पनि क्षेत्र नम्बर २ को सचिवमा उम्मेदवारी दिएका छन् । श्रेष्ठ विगत दुई दशकदेखि पत्रकारिता पेसामा कार्यरत रहेका छन् । अहिलेका क्षेत्रीय सदस्यसमेत हुन् ।
पार्टीमा सञ्चार क्षेत्र र युवाको प्रतिनिधित्वको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको उनले बताए । ‘म विगत दुई दशकदेखि पत्रकारिता पेसामा छु,’ उनले भने, ‘पाटीमा पनि युवाको सहभागिता बढाउन मेरो उम्मेदवारी हो ।’ वि.स. २०५० सालमा सल्यानमा विद्यार्थी राजनीतिबाट कांग्रेसमा राजनैतिक यात्रा सुरु गरेका उनी कांग्रेसको भातृ संस्था प्रेस युनियनका केन्द्रीय सदस्यसमेत हुन् ।
यस्तै पत्रकार आरे शीतल नेपाल पत्रकार महासंघ दाङको सचिव हुन् । उनी पनि कांग्रेस पार्टीबाट राजनीति गरिरहेका छन् । देवीराम कुसारी पनि पत्रकार हुन् । उनी पनि पत्रकारितासँग सँगै राजनीतिमा छन् । कांग्रेसको क्रियाशील सदस्यसमेत रहेका उनले अहिले नेतृत्व तहमै उम्मेदवारी दिएका छन् । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend