Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुवास नेम्वाङको टोलीलाई प्रधानमन्त्री देउवाले भने- चितवन महाधिवेशनमा म आउँछु


    शुक्रबार, मंसिर ३ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १०‍औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।

    देउवालाई महाधिवेशनमा अतिथिका रूपमा एमाले नेता सुवास नेम्वाङको टोली निमन्त्रणा दिन बालुवाटार पुगेको थियो । उनले निमन्त्रणा स्वीकार गर्दै आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका हुन् ।

    ‘म आइहाल्छु नि। तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ ? म आउँछु नि’, प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने ।

    एमालेको १०औं महाधिवेशन मंसिर १०-१२ गतेसम्म चितवनमा हुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार