चितवन । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शुक्रबार चितवनको छ वटै प्रदेश निर्वाचन क्षेत्रमा मतदान सकिएको छ । बिहान ९ बजेबाट भएको मतदान प्रक्रिया केहीबेर अघि सकिएको मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिए ।
शुक्रबार साँझदेखि नै मतगणना हुने भएकोले शनिबार बिहानसम्ममा मतपरिणाम आइसक्ने उनले बताए । उनका अनुसार कुल ३४५ जना मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर १ (क)का लागि खैरहनी नगरपालिका–९ स्थित पुन समाजको भवनमा मतदान भएको थियो । यस क्षेत्रको सभापति पदका लागि कृष्णबहादुर श्रेष्ठ र गणेश मल्ल ठकुरीको उम्मेदवारी परेको छ ।
५६५ मतदाता रहेको निर्वाचन क्षेत्र नं १ (ख)को लागि रत्ननगरको होटल स्टारमा निर्वाचन भएको थियो। यस क्षेत्रमा सभापति पदका लागि गोविन्द गौतम, रामहरि न्यौपाने र सुजन थापाको उम्मेद्वारी परेको थियो ।
४७७ मतदाता रहेको निर्वाचन क्षेत्र नं २ (क)को मतदान भने उद्योग वाणिज्य संघमा भएको थियो, जहाँ सभापति पदका लागि जनार्दन दाहाल, राजकुमार गुरुङ र हरिप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएका थिए ।
सोही निर्वाचन क्षेत्र नं २ (ख)को निर्वाचन भने यज्ञपुरीमा रहेको संगोल पार्टी प्यालेसमा भएको थियो, जहाँ ४९२ जना मतदाता छन् । सो क्षेत्रका लागि करुणाकान्त पोख्रेल, रचन कार्की र रोशन शाही ठकुरीले सभापति पदका लागि उमेदवारी दर्ता गराएका थिए ।
६०५ जना मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर ३ (क)को लागि शारदानगरस्थित शहीदस्मारक कलेजमा मतदान भएको थियो । यस क्षेत्रमा सभापतिका लागि कमलनाथ पौडेल, शालिग्राम पौडल र खेमनारायण सापकोटाले उम्मेदवारी दर्ता गराएका थिए ।
सोही क्षेत्रको निर्वाचन क्षेत्र नम्बर ३ (ख)को निर्वाचन पार्वतीपुरको सत्कार पार्टी प्यालेस पार्वतीपुरमा भएको थियो, जहाँ ३५५ जना मतदाता छन् । क्षेत्रीय प्रतिनिधिहरूले मतदान गर्दै छन् । यस क्षेत्रमा सभापति पदका लागि अशोक लामा, ओमप्रसाद पोख्रेल, राम कुँवर र शोभाखर चापागाईले उम्मेद्वारी दर्ता गरेका छन् ।
हरेक प्रदेशसभा निर्वाचन क्षेत्रले एक जना सभापति, दुई जना उपसभापति, दुई जना सचिव, दुई जना सहसचिव निर्वाचित गर्नेछ । यस्तै, १६ देखि १८ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रमुख निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend