Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिला फुटबल टोलीले भारतमा हुने फोर नेसन्स प्रतियोगिता खेल्ने


    शुक्रबार, मंसिर ३ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतमा आयोजना हुने ‘फोर नेसन्स वुमन्स फुटबल टुर्नामेन्ट’ खेल्ने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालले उक्त प्रतियोगिता खेल्ने जानकारी गराएको हो । 

    प्रतियोगिता २३ मंसिरदेखि ६ पुससम्म ( ९-२१ डिसेम्बरसम्म) हुनेछ । यसबारे थप जानकारी भने गराइएको छैन । नेपालले पछिल्लो पटक एसियन कप छनोट खेलेको थियो । तर नेपाल दोस्रो चरणमा स्थान बनाउन असफल भयो ।  

    एसियन कप आयोजना गर्न लागेको भारतले त्यसअघि तयारीस्वरूप ‘फोर नेसन्स वुमन्स फुटबल’ प्रतियोगिता गराउन लागेको हो । त्यसअघि भारतीय महिला टोलीले ब्राजिलमा हुने ‘फोर नेसन्स वुमन्स फुटबल’ मा सहभागिता जनाउनेछ । प्रतियाेगितामा ब्राजिल, चिली र भेनेजुयलाको सहभागिता रहनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार