Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कट्टुमा लुकाएर ल्याएको दुई किलो सुनसहित दुई पक्राउ


    शुक्रबार, मंसिर ३ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएका दुई यात्रुको साथबाट २ किलो सुन बरामद भएको छ । 

    तरल बनाएर ल्याएको सुनसहित प्रहरीले दाङका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई पक्राउ गरेको छ ।

    विमानस्थल प्रहरी सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार उनीहरूले सुन भित्री वस्त्रमा कट्टुमा लुकाएर ल्याएका थिए ।

    पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार