Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तिलाका १४ बस्ती छुइगोठमुक्त


    शुक्रबार, मंसिर ३ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । तिलागाउँपालिका र गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा छुइगोठमुक्त अभियान जारी छ । छाउपडी प्रथा अन्त्यका लागि छुइगोठमुक्त अभियान थालिएको तिलागाउँपालिकाकी उपाअध्यक्ष विष्णु बुढाले जानकारी दिइन् । 

    ‘छाउपडी प्रथा महिलाको वृद्धि विकासको बाधक हो’, उनले भनिन्, ‘महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद अन्त्यका लागि यो अभियान एक नमुना कार्य हो । अहिलेसम्म १४ बस्ती छुइगोठमुक्त भइसकेका छन् ।’

    उनका अनुसार बाँकी बस्ती छाउगोठमुक्त हुने क्रममा छन् । सरकारले छाउपडी उन्मुुलन निर्देशिका ल्याए पनि प्रभावकारी रूपमा कार्यन्वयनमा आउन नसकेको गुनासो आइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार