Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नरेन्द्र मोदीले किन गरे कृषिसम्बन्धी तीन वटा कानुन खारेज ?


    शुक्रबार, मंसिर ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषिसम्बन्धी तीनवटा विवादास्पद कानुन खारेज भएको घोषणा गरेका छन् । शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो घोषणा गरेका हुन् । 

    कानुनको विरोधमा दशौं हजार किसानले राजधानी दिल्लाीको सिमालगायत भारतका विभिन्न राज्यमा धर्नामा बसेका थिए । सरकारले ल्याएको कानुनले निजी क्षेत्रलाई प्रोत्साहन गरेको र किसानको उब्जनीलाई बेवास्ता गरेको किसानहरुले आरोप लगाउँदै आएका थिए ।  

    कानुनको बिरोधमा उत्रिएका किसान र सरकारबीच विभिन्न चरणमा भएका वार्ता बिना निस्कर्ष टुंगिएका थिए । 

    यूपी र पन्जाबमा हुन लागेको विधान सभा निर्वाचनको पूर्वसन्ध्यामा गरिएको यस घोषणालाई अर्थपूर्ण मानिएको छ । यी राज्यमा ठूलो संख्यामा किसान छन् ।

    किसानहरुले कानुन खारेजीको स्वागत गरे पनि विरोध प्रदर्शन नरोक्ने बताएका छन् । सरकारले संसदमा कानुन खारेज गरेपछि मात्रै विरोध प्रदर्शन रोक्ने उनीहरुले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार