Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • प्रधानन्यायाधीशले दलाल, माफिया र तस्करहरुको सेवा गरिरहेका छन्: वरिष्ठ अधिवक्ता कार्की


    शुक्रबार, मंसिर ३ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दलाल, माफिया र तस्करहरूको सेवा गरिरहेको आरोप लगाएका छन् ।

    शुक्रबार सर्वोच्च परिसरमा नेपाल आर एशोसिएशनको धर्नापछिको कार्यक्रमा बोल्दै अधिवक्ता कार्कीले यस्ताे आरोप लगाएका हुन् ।

    यस्तै उनले प्रधानन्यायाधीशले नेताहरूलाई विचाराधीन मुद्दा देखाएर खबरदारी गरेको समेत आरोप लगाएका छन्  ।

    नेताहरुको कान बन्द भएको र आँखा समेत नखुलेको टिप्पणी गर्दै उनले भने- ‘नेताहरू कान सुन्दैनन्, आँखा बन्द छन्, दलाल भेट्न जतिबेला सहज छ तर हाम्रो कुरा सुन्ने फुर्सद छैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार