Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमला नदीमा अनौठौ भूत मेला, भक्तजनहरूको घुइँचो


    शुक्रबार, मंसिर ३ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • जनकपुरधाम । यस वर्ष पनि कार्तिक शुक्ल पूर्णिमाका दिन कमला नदीमा भूत मेला लागेको छ । धार्मिक र ऐतिहासिक नदी कमलामा नुहाएपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथै हजारौ संख्यामा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।

    शुक्रबार बिहान २ बजेदेखि नै श्रद्धालु भक्तजनहरु चिसो मौसमको प्रवाह नै नगरी कमला नदीको धार (पानी)मा डुबल्की (नुहाउनु) लगाइरहेका छन् । कतिपय कार्तिक पूर्णिमाको पूर्वसन्ध्यामा बिहीबार नै कमला नदीको तटमा पुगेर राति बास बसेका थिए । शुक्रबार बिहान कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ उनीहरू घर फर्केका छन् । 

    मेलामा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर, जयनगरलगायतका स्थानबाट ठूलो संख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन्। धामीझाँक्री बन्ने विश्वासका साथ उनीहरू देवता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको वरदान दिने तथा धामी विद्यामा पक्का हुने जनविश्वास छ । पेहे‌लो धोतीमा पुरुष र पहे‌लो सारी लगाएका सिकारु धामीझाँक्रीहरूले माटो फाडोमा आगो अर्घ्य लिई देवीदेवतालाई चर्को स्वरमा बोलाउने गर्छन् । 

    पापकी छय, धर्मकी जयलगायतका नारा लगाई नयाँ सिकारु धामीझाँक्रीहरू पानीमा डुबल्की लगाइरहँदा बाहिर छेउछाउमा पहिलादेखि नै तान्त्रिक विद्यामा सिद्ध भएका धामी तथा उनका सहयोगीले झाल, ढोल, मालद बजाउँदै महराई (लोकगीत) गराइरहेका हुन्छन् । 

    कमलामा स्नान गरेपछि घर फर्कने वेलामा भक्तजनहरूले जनकपुरधामस्थित गंगासागरको पानीसमेत लिएर घर जाने परम्परा छ । वरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलले कमला नदीमा स्नान गर्नु मिथिलाको पुरानो परम्परा रहेको बताए । सीतायण महाकाव्यमा कमलालाई पवित्र नदीको रूपमा वर्णन गरिएको उल्लेख गर्दै वरिष्ठ साहित्यकार बिमलले भने, ‘कमला नदीमा स्नान गर्दा तान्त्रिक विद्या सिद्ध हुने कुरा हिन्दु धर्मको कुनै पनि पुस्तकमा उल्लेख त छैन । तर जानकी मन्दिरमा पहिला महन्थ सुरकिशोर दासले नयाँ जनकपुर खोजी गरेपछि मात्रै कमलामा स्नान गर्ने परम्परा सुरु भएकाे हाे ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार