Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५८० वर्षको सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण आज, नेपालबाट देखिन्छ ?


    शुक्रबार, मंसिर ३ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एन्जेसी । यसपटकको चन्द्र ग्रहणले एक विशेष संयोग ल्याएको छ । नासाको वेबसाइट अनुसार यो आंशिक चन्द्रग्रहण ३ घण्टा २८ मिनेटको हुनेछ । जुन ५८० वर्षमा सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण हो । 

    नेपाली समय अनुसार यो ग्रहण दिउँसो हुनेछ, त्यसै कारण यो नेपालमा देखिने छैन । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपाली आकाशबाट ग्रहण नदेखिने हुनाले ग्रहण बार्नु पर्दैन । नेपाली समयानुसार दिउँसो १स्०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४स्३२ बजेसम्म देखिने जनाइएको छ ।

    भारतका ज्योतिषाचार्य पण्डित मनिश शर्माका अनुसार जहाँबाट चन्द्रग्रहण देखिँदैन त्यहाँ सुतक पनि रहनेछैन, यो ग्रहको धार्मिक मान्यता पनि हुनेछैन । उनका अनुसार जहाँ जहाँ चन्द्र ग्रहण देखिनेछ, ती क्षेत्रमा मात्रै सुतकजस्ता धार्मिक मान्यता हुनेछ ।

    पण्डित शर्माका अनुसार सन् २०२१ अघि यति लामो आंशिक चन्द्र ग्रहण २७ फेब्रुअरी १४४० मा पुर्णिमामा भएको थियो । १९ नोभेम्बर अर्थात् आजको चन्द्र ग्रहण पश्चिमी अफ्रिका, पश्चिमी युरोप, उत्तरी र दक्षिणी अमेरिका, एशिया, अष्ट्रेलिया र अटलान्टिक महासागरमा देखिनेछ । ग्रहणको मोक्ष चन्द्रोदयको समय अष्ट्रेलिया, इन्डोनेशिया, थाइल्याण्ड, भारतको पूर्वोत्तर भाग, चीन् र रुसमा देखिनेछ ।

    के हो चन्द्र ग्रहण ?

    जब पृथ्वी परिक्रमा गर्ने बेला सूर्य र चन्द्रको बीचमा आउँछ तब यी तीनै ग्रह एउटा सिधा लाइनमा आउँछ, त्यतिबेला चन्द्र ग्रहण हुन्छ । यस्तो स्थितिमा सूर्यको प्रकाश चन्द्रमासम्म पुग्न पाउँदैन र चन्द्रमा देखिँदैन । जब पृश्वी र सूर्यको बीचमा चन्द्रमा आउँछ भने तब सूर्य ग्रहण लाग्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार