Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वाेच्च अदालतमा कालोकोटधारी प्रहरीको घेरामा


    शुक्रबार, मंसिर ३ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालत परिसरमा धर्ना दिएको छ । 

    तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनलाई सर्वाेच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला शुक्रबारबाट ती न्यायाधीशहरू इजलासमा फर्किने भएका छन् । 

    गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने जबराले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किने भएका हुन् । तर, बारले भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार