Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धर्नास्थलमा घेरा हालेर प्रवेशमा रोक लगाएपछि कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी


    शुक्रबार, मंसिर ३ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कानून व्यवसयीहरूलाई धर्नास्थल प्रवेशमा रोक्न खोज्दा सर्वोच्च अदालत परिसरमा कानून व्यवसयी र प्रहरीबीच घम्साघम्सी भएको छ । 

    नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेर प्रहरीले प्रवेशमा रोक लगाउँदा दुई पक्षबीच घम्साघम्सी भएको हो ।

    आन्दोलित कानून व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताए पनि सुरक्षाकर्मीले उनीहरूलाई रोकेको छ । 

    प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार