महोत्तरी । विवादका कारण महाेत्तरीका केही वडामा नेपाली कांग्रेसकाे अधिवेशन हुन नसकेकाले आज हुने भनिएकाे प्रदेश अधिवेशन अन्याेलमा परेकाे छ । महोत्तरीका १५ स्थानीय तहमध्ये सातवटामा निर्वाचनमार्फत र ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
बल्वा नगरपालिकामा विवादका कारण अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको कांग्रेस महोत्तरीले जनाएको छ ।
मनरासिस्वा नगरपालिका-८ मा विवादकै कारण अझै अधिवेशन हुन सकेको छैन । एक सय ३७ वडामा कतै निर्वाचन र कतै सर्वसम्मतिमा अधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेस महोत्तरीका सभापति महेश्वर रायले जानकारी दिए । मनरासिस्वा-८ मा त उम्मेदवारहरूबीच हात हालाहाल भएपछि वडा अधिवेशन स्थगित भएको थियो ।
सातवटा पालिकामा भएको निर्वाचनको परिणाम अझै आउन बाँकी रहेकाले प्रदेश अधिवेशन अन्याेलमा परेकाे हाे । `आज खुल्लासत्र गर्ने तर निर्वाचनका विषयमा भने छलफल भएको छैन´, सभापति रायले भने ।
जलेश्वर, भंगाहा र मनरासिस्वाको मतपरिणाम आइसकेको छैन । विवाद भएका वडा र पालिकाबाहेक अन्य सबै ठाउँको अधिवेशन आजै टुंगोमा पुर्याउने नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले बताए । निर्वाचन सहजीकरण गर्न केन्द्रवाटै आएका निर्वाचन अधिकृत इन्द्र सुवेदीका अनुसार महोत्तरीमा सवैभन्दा ठूलो विवाद मतदान केन्द्रको विषयमा भएको छ । `उम्मेदवारमा भन्दा पनि मतदान गर्ने विषयमा मतदान केन्द्रलाई लिएर ठूलो विवाद छ´, उन्ले भने ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend