Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारमा छिरेर अश्लील बोल्दै वकिलहरूलाई धम्क्याउने पक्राउ, अनुसन्धान हुँदै


    शुक्रबार, मंसिर ३ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई गाली गलौज गर्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले वकिलहरूलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराती काठमाडौको बौद्धबाट पक्राउ गरिएकाे हाे ।

    पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका बौद्ध घर भएका र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका रहेको प्रहरीले जानकारी दिएकाे छ ।

    बिहीबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला चारजना युवा बार परिसरभित्रै पसेर अपशब्द बोल्दै वकिलहरुलाई थर्काउने र धम्की दिएका थिए । 

    प्रहरीका अनुसार यसरी अपशब्द बोल्दै वकिलहरुलाई थर्काउने र धम्की दिने उनीहरु को हुन् र किन यसाेगरे भन्नेबारे थप अनुसन्धान भइरहेकाे  छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार