Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • खुकुरी प्रहार गरी हत्या गरेकाे आराेपमा चार जना पक्राउ


    शुक्रबार, मंसिर ३ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । खुकुरी प्रहार गरी रिजन दाहालको हत्या गरेकाे आराेपमा प्रहरीले चार जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार  पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-७ का विक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ का ईश्वर लिम्बु, सोहीका सुदीप उराउ र  एक १८ वर्षीय किशोर रहेका छन् । 

    २८ कात्तिक राति खुकुरी प्रहारबाट गम्भीर घाइते स्थानीय बासिन्दा रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

    उनीहरू उपर जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार