Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कास्कीबाट विद्या भट्टराईदेखि राजीव पहारी बने महाधिवेशन प्रतिनिधि, ३१ प्रतिनिधिकाे नामसहित


    शुक्रबार, मंसिर ३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाेखरा । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाअधिवेशनका लागि कास्कीबाट ३१ जना प्रतिनिधि छानिएका छन् । छानिएका प्रतिनिधि १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् ।

    खुलातर्फ २१ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । जसमा दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य,आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल राजीव पहारी, पुण्यप्रसाद पौडेल र दीपक पौडेल रहेका छन् ।

    त्यस्तै, विष्णुबहादुर केसी, जगन्नाथ बास्तोला, पुष्पज्योति ढुंगाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौडेल, वेदबहादुर गुरुङ, दिलीप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर पनि खुलाबाटै महाधिवेशन प्रतिनिधि बनेका छन् ।

    महिला  काेटामा विद्या भट्टराई, प्रभा काेइराला,मन्जु गुरुङ, शोभाबराल पहारी,सुशीला पराजुली र  सन्तुदेवी सुवेदी प्रतिनिधि चुनिएका छन् ।

    दलिततर्फ धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर विक र मनबुजा विश्वकर्मा चयन भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार