काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रौतहटकाे कटहरियामा हुने आमसभालाई सम्बाेधन गर्ने भएका छन् । गत २९ कात्तिकमा मिति तय भएर पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभालाई सम्बाेधन गर्न उनी शनिबार रौतहट जान लागेका हुन् ।
याे क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हाे । साह माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । प्रचण्डले सभालाई सम्बाेधनका साथै पार्टी प्रवेश कार्यक्रम पनि हुने जिल्ला संयोजक देवेन्द्र पटेलले जानकारी दिए ।
‘कटहरिया बजारको पाँच बिघा क्षेत्रफलमा विशाल आमसभा गर्ने तयारीमा लागेका छौं,’ पटेलले भने, ‘प्रचण्डको विशेष सम्बाेधनका साथै विभिन्न पार्टी परित्याग गरी आउनेलाई पार्टी प्रवेश कार्यक्रम पनि आयोजना हुनेछ ।’ तर, माओवादी प्रवेश गर्ने जिल्ला तहका प्रतिनिधि र स्थानिय तहका निर्वाचित वडा अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराउने छन् ।
पूर्वमाओवादी सांसद साहको गृहनगर मौलापुरमा आमसभा राख्ने प्रस्ताव पार्टी भित्रवाट आए पनि अन्ततः छिमेकी नगरपालिका कटहरियामा आमसभा हुनेछ ।
साहको निर्वाचन क्षेत्रमा माओवादीले जित हासिल गरेका मौलापुर र कटहरियाका मेयर भने पार्टी नै परित्याग गरी नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । सोही स्थानमा माओवादीले प्रचण्डलाई विशेष अतिथिका रुपमा बोलाएको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend