Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु [अपडेट]


    शुक्रबार, मंसिर ३ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रोल्पा । यहाँ बस दुर्घटना हँुदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

    दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

    दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय कुमार पुन, वडा नं १ बस्ने  २९ वर्षीय दीपक रोका रहेको प्रहरीले बताएको छ ।
     
    एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    बस सहिदमार्गबाट २०० मिटर तल खोलामा खसेको छ ।  गत हप्ता माडी गाउँपालिका घर्तीगाउँको बजार नजिकै जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार