Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहज होला देउवालाई फेरि नेतृत्वमा दोहोरिन ?


    शुक्रबार, मंसिर ३ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई थप सहज हुने उनी पक्षका नेताको बुझाइ छ ।

    संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। निधि र श्रेष्ठ सभापतिको प्रतिस्पर्धामा अन्तिमसम्म मैदानमा टिकिराखे भने देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ ।

    १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै कृष्णप्रसाद सिटौलाले नेतृत्वमा प्रतिस्पर्धा गर्दा रामचन्द्र पौडेल कांग्रेसको मूल नेतृत्वमा पुग्न नसकेको बताउँदै देउवा निकट एक नेताले भने, ‘१४औं महाधिवेशनमा उहाँ (देउवा) ले पनि त्यही नियति भोग्नुपर्ने अवस्था आउनसक्छ ।’

    नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय भएका निधिको संस्थापन पक्षमा राम्रो पकड रहेको स्वीकार गर्दै ती नेताले भने, ‘संस्थापन इतरबाट धेरै उम्मेदवार भए पनि सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन (मत) चाहिन्छ। निधिले सभापतिमा जित्नुहुन्छ कि हुन्न थाहा छैन तर उहाँको उम्मेदवारीले देउवालाई ५१ प्रतिशत पु¥याउन रोक्न सक्छ।’

    १३औं महाधिवेशनमा तत्कालीन महामन्त्री सिटौलाले ३२१ मत पाएका थिए। तर त्योभन्दा धेरै तत्कालीन संस्थापन पक्षमा विद्रोह भएको भन्दै पौडेलको पक्षमा वातावरण बन्न नसकेको देउवा निकट ती नेताको बुझाइ छ। अहिले पनि संस्थापन इतरबाट धेरै आकांक्षी देखिएका कारण देउवा नै सबैभन्दा शक्तिशाली देखिएको विश्लेषण गर्दैै ती नेताले भने, ‘संस्थापन इतरबाट एउटा मात्र उम्मेदवार हुँदा देउवाका लागि नेतृत्वमा दोहोरिन कठिन हुनेछ।’

    यो समाचार आजको नागरिक दैनिकमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार