काठमाडौं। नेकपा एमालेको १०औं महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने प्रक्षेपण गर्दै तयारी सुरु गरिएको छ ।
महाधिवेशन आर्थिक कमिटीका संयोजक बिष्णु रिमालका अनुसार नवौं महाधिवेशन भन्दा १०औं महाधिवेशनमा तीन करोड बढी खर्च हुने प्रक्षेपण गरिएको हो ।
महाधिवेशन केन्द्रित नवयुग बुलेटिनमार्फत आर्थिक संयोजक रिमालले सो प्रक्षेपणका बारेमा जानकारी दिएका हुन् । ‘नवौं महाधिवेशनमा ४ करोड ५० लाख खर्च भएको थियो । १०औं महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने अनुमान गरेका छौं,’ उनले भने । उनका अनुसार आठौं महाधिवेसन भने २ करोड २५ लाखमा सम्पन्न गरेको थियो ।
६ हजार ४ सय ३५ प्रतिनिधि उपस्थित भएको विद्यान महाधिवेशनमा करिव ५ करोड खर्च गरेको एमालले विद्यान महाधिवेशन र १०औं महाधिवेशन गरी यसै वर्ष १२ करोड ५० खर्च गर्ने भएको छ । तर, चितवन महाधिवेशनमा होटलका ३५ सय कोठा बुक गरेको तथा नयाँ मञ्च बनाउनु पर्नेलगायतका कारण विद्यान महाधिवेशन भन्दा नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन खर्चिलो हुन पुगेको रिमालको भनाई छ ।
हालै नविकरण भएका ८ लाख ५५ हजार ४ सय ५३ सदस्यलाई १–१ सय रुपैयाँ सहयोग गर्न आह्वान गरेको जनाउँदै अधिकांश रकम सोही प्रक्रियाबाट संकलन गर्ने योजना एमालेले बनाएको छ । त्यसका लागि बैंक खाता सार्वजनिक गर्दै ई–सेवा र फोन पेवाट रकम जम्मा गर्ने सुविधा एमालेले बनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend